कसरी हुँदैछ ‘सगरमाथा संवाद’को तयारी ?

काठमाडौँ — पाँच वर्षअघि घोषणा भएर कोभिडका कारण रोकिएको ‘सगरमाथा संवाद’को  को पहिलो संस्करणको तयारी तीव्र भइरहेको छ । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा बहस गर्ने अन्तर्राष्ट्रिय मञ्चको रूपमा तयार गर्ने गरी सगरमाथा संवादको अवधारणा अघि सारेको हो । 

 

सरकारका तीन निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले यसको समन्वय गरिरहेको वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवादको सचिवस्तरीय कमिटीको सदस्य–सचिव महेश्वर ढकालले बताए । ढकाल भन्छन्, ‘हामी तीन निकाय ईको–सिस्टमको अवधारणामा मिलेर काम गरिरहेका छौं ।’