पाँच वर्षअघि रोकिएको सगरमाथा संवाद अघि बढाउँदै सरकार, यो के हो?
पाँच वर्षअघि कोभिड महामारीका कारण भन्दै रोकिएको ‘सगरमाथा संवाद’ आगामी जेठमा आयोजना गर्न सरकारले तयारी सुरु गरेको छ।
प्रधानमन्त्री केपी ओलीले आफू यसअघि प्रधानमन्त्री रहँदा पनि नेपालको आफ्नै संवाद शृङ्खला आयोजना गर्ने तयारी अघि बढाएका थिए। तर कोरोनाभाइरस महामारीका कारण भन्दै अन्तिम समयमा स्थगित भएको सगरमाथा संवादको चर्चा त्यसपछि हराएको थियो।
गत असारमा प्रधानमन्त्री बनेका ओलीले आफ्नो कार्यकालमै सगरमाथा संवाद आयोजना गर्ने योजनासहित आइतवार बालुवाटारमा तयारी समितिको बैठक राखेका थिए।
